जेन जी आन्दोलनको तालिका तयार- माइतीघरदेखि बानेश्वरसम्म मार्चपास गर्ने

काठमाडौं । आज माइतीघरमा बसेको जेन जीका युवाहरुको बैठकले भोलि भदौ २३ गते हुने आन्दोलनको सेड्यूल तयार गरेको छ । तालिकाअनुसार भोलि बिहान नौ बजे जेन जेडहरु माइतीघरमा भेला हुनेछन् ।

माइतीघरबाट बानेश्वरको एभरेस्ट होटलसम्म मार्चपास गर्ने कार्यक्रम राखिएको छ । आन्दोलनमा कसैले पनि सम्बोधन भने गर्ने छैनन् । बैठकमा सहभागी एक सदस्यले भने, ‘आन्दोलन केन्द्रित गीत, कविताहरु बाचन गर्न पाइनेछ । तर, स्रष्टाहरु २८ वर्षभन्दा कम उमेरको हुनुपर्नेछ ।’

नेपाल सरकारले फेसबुक लगायत सामाजिक सञ्जाल निष्क्रिय पारेपछि जेन जेड पुस्ताले आन्दोलनको घोषणा गरेका हुन् ।

बिनासर्त सामाजिक संजाल पुनः सक्रिय बनाइनुपर्ने, पुराना नेताहरुले प्रधानमन्त्री बन्दिनँ भनेर प्रतिबद्धता व्यक्त गर्नुपर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष रुपमा आयुक्त नियुक्ति गर्नुपर्ने लगायतका मागअघि अघि सारिएको छ । आन्दोलनलाई विभिन्न दलका नेता तथा सेलिब्रिटीहरुले ऐक्यवद्धता जनाइरहेका छन् ।

Comments

2 responses to “जेन जी आन्दोलनको तालिका तयार- माइतीघरदेखि बानेश्वरसम्म मार्चपास गर्ने”

  1. ksp pyl Avatar
    ksp pyl

    मुख छाडेको भरमा रास्वपाका २०-२१ जना साँसद भएपछि नेता हुने तरिका त यो पो रहेछ भनेर हौसिएका छन् मानिसहरू । त्यसकै अर्को रूप हो यो जेनजि नामको प्रदर्शन । विना एजेण्डा, विना विचार अभियान कहि हुन्छ ? यिनको माग पनि नियमन गर्न खोजिएको सामाजिक सत्र्जाल खुला गर नियमन सियमन हामी जान्दैनौ भन्छन ।

  2. उत्तम बहादुर राउत Avatar
    उत्तम बहादुर राउत

    यो मुलुकमा एउटा सानो पान पसल, मम: पसल खोल्नु पर्यो भने दर्ता गरेर करको दायरामा आउनु पर्छ। ठुला ठुला विदेशी सामाजिक सन्जाल चाहिँ दर्ता गर्नु नपर्ने, र राज्यको नियमनमा बस्नु नपर्ने भनेर वकालत गर्दै प्रदर्शन गर्छु भन्ने जमात खडा भएको देख्दा मुलुक कति अराजकता तर्फ अगाडि बढेछ भन्ने ज्वलन्त भएको छ। हिजो टंक दाहाल नाम गरेको विदेशी भाइरसले लेखेको देखें जहाँ ” को कति जेल बस्यो र कस्को बाउले कति योगदान गरि यो गणतन्त्र ल्यायो हामिलाई मतलब छैन” जस्ता त्यत्रो आन्दोलन र शहिदको बलिदान लाई होच्याउने,
    र गौरवपुर्ण इतिहासलाई क्षुद्र ढङ्गले टीप्पणी गर्दै मुलुक प्रती नै वितृष्णा खडा गर्ने प्रवृतिलाई निरुत्साहित गर्नु जरुरी छ। विदेश जाने, उतैको नागरिकताको लागि मरिहत्ते गर्ने, यताको जायजेथा समेत बेचेर उतै घरबार गर्न खोज्ने मुलुक प्रतिको दायित्वबोध शून्य भएका जमातले शुरु गर्ने खोजेको अराजक भीड र सो भीडलाई उक्साउने कथित लोकपृयतावादी अराजक राजनीतिक तत्व प्रती सरकार असहिष्णु हुनै पर्छ। यस्ता देशद्रोहिका विरुद्द जिम्मेवार राजनीतीक दलले कार्यक्रमहरु पस्कन ढिलो गर्नु हुन्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *