जेन जेडको आन्दोलनमा निश्चल बस्नेत पनि सहभागी हुने, पर्‍यो भने भिड्न पनि तयार

काठमाडौं । भोलि अर्थात भाद्र २४ मा थापाथलीस्थित माइतीघरमा हुने जेन जेडको स्वतस्फुर्त आन्दोलनमा चलचित्र निर्देशक निश्चल बस्नेत पनि सहभागी हुने भएका छन् । टिकटकमा एक भिडियो सार्वजनिक गर्दै उनले आफू पनि सहभागी हुने बताएका हुन् ।

भिडियोमा बोल्दै उनले अहिलेको जेन जी पुस्ता एकदमै फ्रस्टेड भएपछि आन्दोलनको योजना बनाएको र यसले नीति निर्माताहरुका घैंटोमा घाम लाग्नुपर्ने बताएका छन् । उनले बालिकालाई ठक्कर दिएर भागेका मन्त्री रामबहादुर मगरको प्रसंग उप्काउँदै भनेका छन्, ‘सत्ता र शक्तिको मात लागिसकेपछि सायद मान्छेहरु सुन्न पनि छाड्छन् । त्यही भएर जे मन लाग्यो, त्यही नियम बनाइरहेका छन् । कानुन त भूइँमान्छेहरुलाई मात्रै लागिरहेको छ।’

यस्ता अनेक हर्कतले देशमा उकुसमुकुस भइरहेको र जनताले बोल्ने ठाउँ सामाजिक संजाल पनि खुम्च्याइदिएपछि आजित भएर जेन जेड पुस्ताले भ्रष्ट्राचारको कुरा उठाएको निश्कलको निक्र्यौल छ ।

‘देशमा बसिरहेका युवाहरु हुर्कँदैछन् । उनीहरुलाई भविष्यको चिन्ता छ । यो उनीहरुले आफ्नो भविष्यका लागि गरिरहेका हुन्,’ निश्चलले भनेका छन्, ‘प्रहरी दाजुभाइहरुलाई मेरो सानो अनुरोध पनि छ,, यो आन्दोलन तपाईंहरुको पनि भविष्यका लागि हो । तपाईंहरुको छोराछोरीका लागि हो । त्यही भएर कुनै अप्रिय घटना हुनबाट जोगाइदिनुहोला । किनभने भिड अनियन्त्रित हुनसाथ जे पनि हुनसक्ने सम्भावना हुन्छ ।’

निश्चलले भोलि आफू पनि त्यहाँ हुने बताएका छन् । उनले थप भनेका छन्, ‘मलाई थाहा छैन, नतिजा के आउँछ । तर, हामी त्यहाँ बलियो हुनेछौं। भोलि त्यहीँ भेटौंला । हामीले भ्रष्ट्राचारको विरुद्धमा बोल्नैपर्छ । पर्यो भने भिड्नैपर्छ।’

भोलिको जेन जेडको आन्दोलनलाई गायकद्धय शिव परियार, एकदेव लिम्बु र अन्य केही कलाकारहरुले पनि समर्थन गरिरहेका छन् ।

Comments

4 responses to “जेन जेडको आन्दोलनमा निश्चल बस्नेत पनि सहभागी हुने, पर्‍यो भने भिड्न पनि तयार”

  1. ksp pyl Avatar
    ksp pyl

    विना योगदान, बुझ्दै नबुझी, न कुनै विचार छ, न कुनै दूरदृष्टी छ ,दुनियालाई मुख छोडेको भरमा रास्वपाका २०- २१ जना साँसद भएकाले छिटो साँसद हुन अहिले केही पदलोलुपहरू रास्वपामा छिरेका छन् । यी जेनजि नामका हल्लाखोरहरू पनि यसरी नै हल्ला गरेर, गाली गरेर सत्तामा पुगिहालिन्छ कि भनेर आन्दोलन भन्दैछन् । विना विचारको आन्दोलन हुन्छ ? कोहि चाहिँ अरूले खटाएका हुनसक्छन् । दलाल बनेर आएका तिनीहरू वातावरण अशान्त बनाउन लागिरहेका छन् । वुढाले प्रधानमन्त्री खान नहुने रे । के भनेको ? अनुभवि, विचारले परिपक्क, भिजन भएको, क्षमता भएको नेता बूढो कि जवान जो भए पनि हुन्छ । अनि सामाजिक सञ्जाललाई नियमन गर्न खोज्दा कोलाहल गर्नेहरूले के देशको माया गर्नु ? यिनको माग हेर्दै थाहा भयो यी अराजक समूह हुन् भनेर । अशान्ति मच्चाउन खोजे कानूनको डण्डा लगाउनु सरकार ।

  2. bipin Avatar
    bipin

    yo Ksp Pyl vannee KP oli ko Jhole ja pani aafno Thutuno …..kati Jhole huna sakeko ho ….ramro kam ta ramro vannunee….yeska bau le je bolcha…yesko thutuno tehi chalcha ….

  3. Ra Avatar
    Ra

    Yo bro ko Sadai negative thoughts Matra Cha

  4. रमेश Avatar
    रमेश

    सहि हो निश्चल बस्नेत, जुम्ली पन्चायत सामन्ती को भान्जा जो पर्यौ। तिम्रो वहिनि बिनिता कठायत को वौद्धिकता जनताले देखिसके का छन। भ्रष्टाचार को बिरोध गरेर नथाक्ने तिमी पनि सरकारी कर्मचारीकै सन्तान हौ के रे।। हिम्मत छ त घर वाटै विरोध सुरु गर्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *