प्रचण्डको आरोप- ओली सरकार बिचौलियाको धम्कीबाट बनेको हो

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलाल पुँजीवाद र बिचौलियावादको आलोचना गर्दै कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकारबारे कडा टिप्पणी गरेका छन्।

नेपाल उद्योग व्यापार महासंघले पोखरा लेकसाइडमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओली सरकार बिचौलियाको धम्कीबाट बनेको दाबी गरे।
उनले भने, ‘कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो। हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो। कांग्रेस–एमालेभित्रका इमानदार साथीहरूले यस्तो सरकारमा बस्नु हुँदैन।’

सरकारमा रहेको दलाल पुँजीवादी प्रवृत्तिको कडा आलोचना गरे। उनले थपे, ‘क्रोनी क्यापिटलिजम र दलाल पुँजीवादको प्रतिनिधित्व अहिले कांग्रेस र एमालेले गरिरहेका छन्। हामी त्यसको वैकल्पिक शक्ति हौं।’

उनले नेपाल उद्योग व्यापार महासंघका पदाधिकारीहरू सक्षम, जिम्मेवार र देशको उद्योग–व्यापार विकासमा योगदान पुर्याउने समूह भएको उल्लेख गर्दै अझ अध्ययन र लगनशीलता जरुरी रहेको धारणा राखे। उनले भने, ‘२०६४ मा स्थापना भएको संस्था आज देशभर प्रभावशाली ढंगले काम गरिरहेको छ। म महासंघको गतिलाई उच्च मूल्याङ्कन गर्छु।’

नेपाललाई आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको बाटोमा अघि बढाउन माओवादी केन्द्रले स्पष्ट कार्ययोजना अघि सारेको जानकारी गराए १२३ वटा माओवादी नेतृत्वका पालिकामा प्रशिक्षण अभियान सञ्चालन गरेका गरेको भन्दै ती पालिकाहरू कार्यक्षमता मूल्यांकनमा अगाडि रहेको बताए। पार्टीको विचार, नीतिगत स्पष्टता र व्यावहारिक कार्यदिशाकै कारण ती पालिकामा सफल परिणाम देखिएको जिकिर गरे।

Comments

One response to “प्रचण्डको आरोप- ओली सरकार बिचौलियाको धम्कीबाट बनेको हो”

  1. ksp pyl Avatar
    ksp pyl

    दिल्लीबाट सञ्चालितहरू नेपालमा पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *