गृहमन्त्रीले भने : प्रधानमन्त्रीको भारत भ्रमणमा दोधारा-चाँदनी सुक्खा बन्दरगाहकाे शिलान्यास हुन्छ

कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले मुलुकमा संविधान निर्माणका लागि नेपाली कांग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । कञ्चनपुरकाे दोधारा-चाँदनीमा पार्टीकाे प्रशिक्षण कार्यक्रममा बाेल्दै संविधानको रक्षा पनि कांग्रेसले गर्नुपर्ने बताए ।

गणतान्त्रिक शासन व्यवस्था सुदृढ गर्न कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेको भन्दै वर्तमान सरकारले नीतिगत र कानुनी सुधार गरेको जिकिर गरे ।

दोधारा–चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह प्रधानमन्त्रीको आगामी भारत भ्रमणका बेला शिलान्यास हुने बताए ।

उनले भने, ‘दोधारा–चाँदनीमा देशकै ठूलो सुक्खा बन्दरगाह बन्छ। यसको शिलान्यास दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने कार्यक्रम छ ।’

उनले दोधारा–चाँदनीमा पछिल्लो समय विकासले तीव्रता पाएको बताए । कुनैबेला आकाशमा बादल देख्नेबित्तिकै बाढीको त्रासमा बस्नुपर्ने दोधारा–चाँदनीको महाकाली र जोगबुढा नदीमा बाँध बनेपछि सुरक्षति बनेको जिकिर गरे ।

उनले थपे, ‘महाकाली नदीमा देशकै ठूलो पक्की पुल बनेकाले यहाँ अस्पताल र क्याम्पस बनेका छन् । जोगबुढा नदीमा बाँकी रहेका स्थानमा तटबन्ध बनाएर यहाँका नागरिकलाई बाढीबाट सुरक्षित गरिन्छ, त्यसका लागि बजेट विनियोजन भइसकेको छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *