एभरेष्ट भलिबल लिग : मधेशमाथि ललितपुरको सहज जित

पोखरा । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सले विजयी सुरुआत गरेको छ । इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्डहलमा आजबाट सुरु भएको लिगमा ललितपुरले मधेश युनाइटेढलाई ३–० को सहज जित निकालेको हो ।

पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको ललितपुरले दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१९ ले जित निकाल्यो ।

आजै भएको पहिलो खेलमा साविक विजेता कर्णालीयशविसले पोखरा निन्जाजमाथि ३–० को सोझो सेटमा जित निकालेको थियो । कर्णालीले पहिलो सेट २५–२१ ले जित्यो । दोस्रो सेटमा २५–२० को जित निकालेको कर्णाली तेस्रो सेटमा झनै लयमा देखियो । उसले तेस्रो सेट २५–१४ अंकले जितेर सिजनको लिगमा उत्कृष्ट सुरूवात गरेको हो ।

लिगको दोस्रो दिन तिन खेल हुनेछन् । पहिलो खेल ललितपुर क्विन्स र काठमाडौं स्पाइकर्सबिच दिउँसो एक बजे हुनेछ । दोस्रो खेल कर्णाली यशविस र लुम्बिनी लाभाजबिचको खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । भोलिको अन्तिम खेल पोखरा निन्जाज र मधेश युनाइटेडबिच हुनेछ । उक्त खेल अपरान्ह ५ बजेबाट सुरु हुने तालिका छ ।

भदौ २८ गतेसम्म चल्ने लिगमा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीले सिंगल राउण्ड रोविनका आधारमा एकआपसमा खेलेपछि शीर्ष दुई टोलीले भदौ २८ गते फाइनलमा प्रतिष्पर्धा गर्नेछन् । दोस्रो संस्करणमा ११ देशबाट १८ विदेशी खेलाडी पोखरा आएका हुन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *