सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता नलिए कडा प्रतिवादमा उत्रिने रास्वपाको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख सुमना श्रेष्ठले विज्ञप्ति जारी गर्दै सरकारद्वारा गरिएको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले अभिव्यक्ति स्वतन्त्रता, नागरिकको सञ्चार अधिकार र सूचना प्रवाहमा गम्भीर अवरोध पुर्‍याएको बताइन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जाल आजको डिजिटल युगमा केवल मनोरञ्जन वा व्यक्तिगत प्रयोगका लागि मात्र नभई, नागरिकको मौलिक हक, विचार-अभिव्यक्ति, व्यवसाय, शिक्षा, अनुसन्धान र सूचना आदान-प्रदानको प्रमुख माध्यम बनेको छ । यसलाई एकैपटक बन्द गर्ने निर्णय जनताको हक अधिकारमाथि प्रत्यक्ष प्रहार हो ।’

अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक समाजको मेरुदण्ड रहेको भन्दै यसलाई नियन्त्रण गर्ने, बन्द गर्ने वा संकूचित गरेको भन्दै आपत्ति जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा १७ ले विचार र अभिव्यक्ति स्वतन्त्रतालाई र धारा १९ ले सूचना तथा सञ्चारको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ । संविधाले नागरिकलाई दिएको संवैधानिक अधिकार खोस्ने सरकारको रवैयाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी कडा प्रतिवाद गर्दछ ।

सामाजिक सञ्जाललाई एकैपटक बन्द गर्नु नागरिक अधिकारको प्रत्यक्ष उल्लङ्घन मात्र नभई लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्था विपरीत कदम हो ।’

 

Comments

2 responses to “सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता नलिए कडा प्रतिवादमा उत्रिने रास्वपाको चेतावनी”

  1. bharat kumar thapa Avatar
    bharat kumar thapa

    मुलुक तिम्रा बाउको मात्र सम्पत्ति हो र कानुन नमान्ने अनि तिमीहरू कानुन नमान्नेलाई पाता कसेर कारबाही गर्न म नेपाल सरकारलाई अनुरोध गर्दछु विदेशमा आफ्नो जवानी बेच्ने अनि सोझासाजा नेपाली माथि झुटको भ्रमको खेति गर्न हेरम न त हामी भुइँ मान्छे कसरी आन्दोलन गर्दारहेछन्

  2. ksp pyl Avatar
    ksp pyl

    नेपालमा काम गर्ने, नेपालमा सेवा दिनेले नेपालमा दर्ता गर्नुपर्छ भन्दा आन्दोलनको धम्कीदिनेहरू कसका एजेण्ट हुन् भनेर प्रमाणित भएन र ? यिनलाई देशको होईन विदेशीको चासो छ । दर्ता गराए पछि छाडा लेख्न, बोल्न नपाईने भयो भनेर यिनीहरूको निन्द्रा हराएको छ । यिनीहरू जन्मिएकै विदेशीको दलाली गर्न हो । मुख छाडेको भरमा साँसद पद जिते । मुख छोडन नपाएपछि हारिहाल्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *