सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटोमा हिँड्दैछ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटो हिँडेको टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय पुनर्विचार गर्न माग गरेका छन्।

उनले भनेका छन्, ‘सर्वोच्च अदालतले सामाजिक सञ्जालमा प्रकाशन प्रसारण हुने अनिच्छित सामग्रीको मूल्याङ्कन, अनुगमन, जिम्मेवार बनाउन, दुरुपयोगलाई निरुत्साहित समेत बनाउनलाई कानुनी प्रबन्ध गर्न भनेको छ। यसको हवाला दिँदै निर्देशिकाका आधारमा सामाजिक सञ्जाल बन्द गर्ने होइन बरु आवश्यक कानुन छिटो बनाउने हो। सामाजिक सञ्जाल सम्बन्धित कानुन राष्ट्रिय सभामा विचाराधीन छ, त्यसमा छिटो काम गरेर उपयुक्त कानुन निर्माण गरौँ।’

आजको दिनमा सामाजिक सञ्जाल नागरिकहरूलाई आफ्ना अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै, सार्वजनिक बहसहरूमा भाग लिने, र सरकारलाई जबाफदेही बनाउन महत्त्वपूर्ण मञ्च प्रदान गर्ने माध्यम बनेको बताए।

उनले थपेका छन्, ‘सामाजिक सम्बन्ध, उद्यमशीलता, डिजिटल अर्थतन्त्र जस्ता विविध विषय र आम मानिसको दैनिकी सँग जोडिएको छ। सञ्जालमा लगाउने कुनै पनि प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारलाई संकुचित पार्छ। सामाजिक सञ्जाल बन्द गर्ने विषय साइबर जोखिम सँग समेत जोडिएको छ। हामीले यस विषयमा सन्तुलित र विवेकपूर्ण भएर सोच्नुपर्छ।’

यो निर्णय पुर्नविचार गरेर सामाजिक सञ्जाल सुरक्षित बनाउन, दुरुपयोग रोक्न र नियमन गर्नको लागि सम्बन्धित कानुनलाई छिटो निर्माणमा तदारुकता देखाउन माग गरेका छन्।

Comments

5 responses to “सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटोमा हिँड्दैछ: गगन थापा”

  1. ksp pyl Avatar
    ksp pyl

    मान्छेका जथाभावी फोटा हाल्ने, नभएका कुरा गर्ने, अश्लिल गाली गर्ने तर फेसबुकलाई केही गर भन्दा नमान्ने । अनि नियमन गर्न खोज्दा जथाभावी बोल्ने ? दर्ता भएका त सबै चलेका छन् त । मति भ्रष्ट भयो कि क्या हो ? यस्ता सस्तो प्रचनरमा लाग्ने नेतालाई बहिस्कार गरेर राजनीतिमा बन्देज लगाओैं ।

  2. yuvaraj adhikari Avatar
    yuvaraj adhikari

    देशकाे हित चाहनेले देशकाे अहितमा बाेल्दैन । क्षणिक स्वार्थकाे लागि काेहि बाेले भने कुरा बुझ्नु । मान्छे चिन्नु खसी किन्नु । गलत मान्छेकाे खसी नकिन्नु ।

  3. तारा निधि पन्त Avatar
    तारा निधि पन्त

    आलु खा मुले, गगने बाख्रो चोर

  4. Ramesh Sharma Avatar
    Ramesh Sharma

    देशको नियम कानून र नियामकीय कार्यलाई ठाडै चुनौती दिने र नियमनको दायरामा आउन अटेर गर्ने यी विदेशी संजालहरुलाई कारवाहीको दायरामा ल्याउने सरकारी कदम स्वागतयोग्य हो। यस्तो कार्यको सह्राहना गर्नुकौ साटो सस्तो लोकपृयता र कसैको स्वार्थमा आफ्नै देश र सर्वोच्च अदालतको आदेशनै अनादर गर्ने कार्य जोकोहिबाट भएपनि त्यो शंकास्पद र देशहित बिरोधी हो। आफूलाई प्रजातन्त्रकै मसिहा ठान्नै भारत र अमेरिकाले यस्तै कामगर्दाचै त्यो प्रजातान्त्रिक अनि आफ्नौ मुलुकमा हुदाचै तानाशाही हुन्छर महोदयहरु?!!

  5. ram bhattarai Avatar
    ram bhattarai

    यहि हाम्रा छिमेकी राष्ट्र भारत र पाकिस्तान लगायत विश्वका धेरै राष्ट्रहरुमा फेसबुक लगायत सामाजिक संजाल बिना दर्ता चलाउन पाइदैन। त्यहाँको कानून बमोजिम दर्ता गरेर मात्र चलाउन पाइन्छ बिना दर्ता चलाए संचालाकाई जरिवाना देखि कैद सम्मको सजाय हुने व्यवस्था छ। यहि हाम्रो देश नेपालमा मात्र किन हो कुनै पनि व्यवसाय संचालन गर्दा दर्ता गरेर चलाओ नत्र भन्दा गर्छु भन्दा हामि तेरा ऎन कानून निर्देशन मान्दैनौं बिना दर्ता चलाउँछौं के गर्छस भन्छन। कुनैपनि व्यवसाय गर्ने हो भने दर्ता गरेर चलाओ अन्यथा बन्द गर्छु भन्दा अराजकहरुको नजरमा स्वतन्त्रता कुण्ठित हुने रैछ। जंगली राज चलाउँ खोज्नेहरुको नजरमा अभिव्यक्ति स्वतन्त्रता खोसिएको हुने रैछ। सरकार नर्थ कोरियाको बाटोमा गएको हुने रैछ। सरकार उल्टो बाटोमा गएको हुने रैछ। कस्तो कानूनी र बौद्धिक चेत नभएको हो ? थुईक्क तिम्रा सोंच ???

Leave a Reply

Your email address will not be published. Required fields are marked *