नेपालको राजनीति रवि लामिछानेभन्दा पनि मनपरी बोल्नेहरुको हातमा जाँदैछ- घनश्याम

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले केही समयपछि नेपाल रवि लामिछानेभन्दा पनि मनपरी बोल्ने दुर्गा प्रसाई स्कूलिङका मान्छेहरुको हातमा पुग्न सक्ने आशंका व्यक्त गरेका छन् ।

प्रवासी नेपाली एकता मञ्चको जापान अधिवेशनलाई सम्बोधन गर्दै महासचिव भुसालले कांग्रेस,एमाले,माओवादी जस्ता दलहरुमा लोकतन्त्र नहुँदा गालीगलौज र घृणा फैलाउने व्यक्तिहरु राजनीतिमा हाबी हुन लागेको बताए ।

भुसालले भने–एमाले,कांग्रेस,माओवादीहरुको कुरा छाडौं अब रविजी भन्दा बढी गाली गर्नेहरुको दिन आउँछ । रवि लामिछानेको पछि लागेर सोसल मिडियामा मनपरी बोल्नेभन्दा दुर्गा प्रसाईहरु त्यतिखेरका अब्बल पोलिटियसन हुनेछन् । दुर्गा प्रसाईहरुको स्कूलिङबाट आउनेछन् । त्यो बेला कस्तो होला रु मुलुकमा आजको संविधानले काम गर्दैन ।

भुसालले केपी शर्मा ओली र प्रचण्डको कुर्सी हल्लिएपछि एमाले र माओवादी संकटमा परेको दावी समेत गरे । जनार्दन शर्माले आत्मसमिक्षाको कुरा गर्दा उनीमाथि प्रचण्डले आक्रमण गरिरहेको भुसालको आरोप छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *