र्‍यापर भियोमाको र्‍यापमा ‘अभिमन्यु’ को टाइटल ट्रयाक सार्वजनिक

काठमाडौं । विनोद पौडेल निर्मित चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को टाइटल ट्रयाक सार्वजनिक भएको छ । टाइटल ट्रयाकमा र्‍यापर भियोमाको शब्द, संगीत र स्वर छ ।

जिन्दगी नै रहस्मयी रहेको बताउने र्‍यापले पैसाले मान्छेको असली चरित्र देखाउने प्रष्ट पार्ने कोसिस गरेको छ । र्‍यापमा पैसामा माया साट्ने र पैसाकै कारण सम्बन्धहरू टुट्ने गरेको यथार्थ चित्रण गरिएको छ । सार्वजनिक र्‍यापमा षड्यन्त्रको जालोमा फसेको तनावपूर्ण जिन्दगीको चित्रण छ ।

भिडियोमा र्‍यापर भियोमा आफैँ फिचर्ड छन् । उनीसँगै भिडियोमा चलचित्रका चलअचल दृश्यहरु छन्। भदौ २७ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘अभिमन्यु’ ले पैसाको प्रलोभनमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथाको भन्छ । यहीँ कथा सार्वजनिक टाइटल ट्रयाकमा राखिएको हो ।

यो चलचित्रको हिन्दी भर्सन असोज ६ अर्थात् सेप्टेम्बर २२ मा रिलिज हुनेछ। चलचित्रमा कामेश्वर चौरासिया, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौलालगायतको कलाकारको अभिनय छ ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रलाई सुशान्त गौतमले निर्देशन गरेका छन् । मुकेश खनालको लेखन रहेको चलचित्रको निर्मातामा विनोद पौडेल र गुञ्जन गिरी हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *