किरात राई यायोक्खामा भाँडभैलो: अध्यक्ष मण्डलले एकलौटी कमिटी घोषणा गरेको आरोप

काठमाडौं । किरात राई यायोक्खाको काठमाडौं जिल्ला कार्यसमिति गठन विवादित बनेको छ । गत शुक्रबार आयोजना गरिएको अधिवेशनमा बहुमत सदस्यहरूको भावनाविपरीत केन्द्रीय समितिबाट हस्तक्षेप भएको भन्दै असन्तुष्ट पक्षले आइतबार विज्ञप्ति निकालेका छन् । नयाँ निर्वाचन मण्डल गठन गरी पुनः नेतृत्व छान्नुपर्ने उनीहरूको माग छ ।

विज्ञप्ति जारी गर्ने पक्षले निष्पक्ष छानबिनको पनि माग गरेका छन् । निर्वाचन मण्डलका अध्यक्षसमेत रहेका केन्द्रीय उपाध्यक्ष देवान राईले गोजीबाट सूची निकालेर कार्यसमितिको नाम घोषणा गरेपछि विवाद बढेको बताइएको छ । बहुसंख्यक प्रतिनिधिले विरोध गरेर कार्यक्रमस्थल छाडेपछि घोषणा गरिएको कार्यसमितिलाई शपथसमेत गराइएन ।

‘जो कोहीले बाधा अवरोध गरेको खण्डमा केही युवा लगाई तह लगाउने योजना अनुसार पदाधिकारीका दावेदार सुरज राईलाई तानेर शाररिक मानसिक यातना समेत दिएको छ । १९ जना उम्मेदवारमध्ये ११ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिन बाध्य भएको र यो घटनाप्रति हामी गम्भिर खेद प्रकट गर्दछौं,’ विज्ञाप्तिमा भनिएको छ ।

धाकधम्की दिएर मनोनयनपत्र खोसिएको र सबै घटनाको भिडिओ फुटेज कार्यक्रम स्थलमा सुरक्षित रहेको उनीहरूको दाबी छ ।

तेज राई, सुरज राईलगायतका असन्तुष्ट पक्षले विज्ञप्ति निकालेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *