अमेरिकाको सबैभन्दा ठुलो चेनमा लाग्दै ‘बलिदान’,एक हजार शो पाएको सन्तोष सेनको दाबी

काठमाडौं । अभिनेता समीर भट्टको प्रतिक्षित चलचित्र ‘बलिदान’ अमेरिकाको सबैभन्दा ठुलो सिनेमा चेन एएमसी (AMC) मा प्रदर्शनमा आउने भएको छ। ए.एम.सी अमेरिकाको सबैभन्दा ठुलो सिनेमा चेन हो जहाँ पहिलो पटक नेपाली चलचित्र बलिदान प्रदर्शन हुँदैछ। यसअघि कुनै नेपाली चलचित्र यो हलमा लागेको थिएन।

दसैँको फूलपाती अर्थात सेप्टेम्बर २९ बाट रिलिजको तयारीमा रहेको यो चलचित्र एएमसी चेनसंगै अमेरिकाको सिनेमार्क, मार्कस र रेगलजस्ता अन्य अमेरिकी सिनेमा हलहरुमा एकसाथ प्रदर्शनमा आउँदैछ।

चलचित्रमा सन्तोष सेनको निर्देशन छ। आफ्नो चलचित्र अमेरिकाको प्रतिष्ठित हलहरुमा प्रदर्शन हुने भएपछि उनले यो क्षणलाई ऐतिहासिक बताउँदै सामाजिक संजालमार्फत खुसी व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘बलिदान संयुक्त राज्य अमेरिकाका २०० भन्दा बढी हलहरूमा, १००० भन्दा बढी शो सहित प्रदर्शनमा आउँने भएको छ। यो ऐतिहासिक क्षणलाई नेपाली चलचित्र प्रेमी अमेरिकी दर्शकहरूको मायाले अझ व्यापक बनाउनेछ।’

यो चलचित्रमा समीरका अलावा, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी, सन्तोष सेन लगायतका कलाकारको अभिनय छ। आशुसेन फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्रको निर्मातामा पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्मातामा प्रेम पुरी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *