सुरेन्द्र पाण्डेले भने- बहुमतले सधैँ पार्टीमा सही निर्णय नगर्न सक्छ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आन्तरिक प्रतिस्पर्धाले पार्टी कमजोर नहुने बताएका छन् । सेन्टर फर पब्लिक पोलिसि रिसर्चद्वारा आयोजित ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तरसंवादमा पाण्डेले उमेर हद र दुई कार्यकालको व्यवस्था विधान महाधिवेशनले टुंग्याउने बताए ।

उनले भने, ‘अन्य पार्टीबाट आएकाहरूका लागि उमेर हद हटाएका थियौँ । कार्यकालको विषय पनि कसैको क्षमता छ भने दुई कार्यकालभित्र सबै कुरा गरिसक्छ, २० वर्ष कुर्नुपर्छ भन्ने हुँदैन । यसबारे पार्टीभित्र बहस भइरहेको छ । बहुमतले भन्छ भने हामी मान्छौँ हाम्रो निर्वाचन पद्धतिमा बहुमतको निर्णय हुन्छ । तर, बहुमतले सधैँ सही निर्णय नगर्न सक्छ । आज गरेन भने पनि भोलि गर्न सक्छ ।’

अल्पमतमा परेको कुरा सबै रिजेक्ट हुन्छ भन्ने कुरा नरहेको उनको भनाइ थियो ।

Comments

One response to “सुरेन्द्र पाण्डेले भने- बहुमतले सधैँ पार्टीमा सही निर्णय नगर्न सक्छ”

  1. ksp pyl Avatar
    ksp pyl

    वडा अध्यक्षमा उठ्यो भने जित्ने हैसियत छैन । फुर्ति लगाउछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *