सरकारको नेतृत्वमा भएपनि एमालेले आफ्नो नीतिलाई राष्ट्रको बनाउन सकेको छैन : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विधान महाधिवेशनपछि पार्टी व्यवस्थित र एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

‘कम्युनिस्ट पार्टी निर्माणका आधार’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी निर्माणका लागि आफैँले तयार गरेको वैधानिक सीमालाई पनि परिष्कृत गर्दै जानुपर्ने बताए।

उनले भने, ‘परिवर्तनको उद्देश्यसँग गाँसेर स्थापित गर्ने पार्टी एमाले हो, जतिबेलासम्म हामी वैधानिक तयारीबाट परिष्कृत गर्न अगाडि बढ्छौँ। त्यही बेलादेखि नै समाजको चेतना, वर्गसंघर्ष र आवश्यकतामा सबै चिज परिवर्तन गर्न सकिन्छ भन्ने नै हाम्रो आन्दोलनको मान्यता हो।’

उनले जबजलाई पनि सिर्जनात्मक रूपमा व्यवहारमा अवलम्बन गर्नुपर्ने भन्दै आफैँमा गतिशील सिद्धान्त भएको बताए। अहिले पनि एमालेले सरकारको नेतृत्व गरिरहेको भएपनि सरकार बनाउन भिन्न विचारका दलको सहकार्य गर्नुपरेकाले आफ्नो नीति राष्ट्रको नीति बनाउन नसकेको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *