प्रधानमन्त्रीले गरे कम्बोडियाका प्रधानमन्त्री र माल्दिभ्सका राष्ट्रपतिसँग दुईपक्षीय भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कम्बोडियाका प्रधानमन्त्री सोमदेक मोहा बोरभोर तिपाहदे र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता गरेका छन्।

शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका ओलीले विभिन्न देशका राष्ट्रप्रमुख भेटिरहेका छन्।

यसअघि लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटेका थिए। यसपछि प्रधानमन्त्री ओलीले रुसका राष्ट्रपति भ्लादिमीर पुटिनसँग पनि भेट्दैछन्।

आज प्रधानमन्त्री ओलीले सांघाई सहयोग सङ्गठन (एससीओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दैछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *