हिंसा भड्किएपछि इण्डोनेसियाका राष्ट्रपतिको चीन भ्रमण रद्द, टिकटकको लाइभ बन्द

जकार्ता । इन्डोनेसियामा भड्किएको सरकारविरोधी प्रदर्शनका कारण राष्ट्रपति प्रबोवो सुबिआन्तोले विश्वभरका नेताहरु सहभागी कार्यक्रममा भाग लिने चीन भ्रमण स्थगित गरेका छन्। राजधानी जकार्ता लगायतका सहरमा व्यापक आन्दोलन चर्किएपछि सुरक्षा संवेदनशीलता बढेको भन्दै भ्रमण रद्द गरिएको सरकारी स्रोतले जनाएको छ।

उता, सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले इन्डोनेसियामा भइरहेको प्रदर्शनसम्बन्धी प्रत्यक्ष प्रसारण (लाइभ फिड) अस्थायी रूपमा रोक्ने घोषणा गरेको छ। कम्पनीले गलत सूचना र हिंसालाई प्रोत्साहन गर्न सक्ने सामग्री रोक्न यस्तो कदम चालेको बताएको छ।

विश्लेषकहरूका अनुसार, प्रबोवोको चीन भ्रमण रद्द हुनु इन्डोनेसियाको आन्तरिक राजनीतिक संकट गहिरिँदै गएको संकेत हो, जसले विदेशी कूटनीतिक तालिकामा पनि असर पारेको छ।

चुनावपछि बनेको सरकारले वाचा पुरा नगरेको र सत्ता दुरुपयोग गरेको आरोप लगाउँदै आन्दोलन भइरहेको छ । सरकारले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुण्ठित गरेको भन्दै विद्यार्थी र नागरिक समूहहरूको चर्को विरोध भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *