इटालीकी प्रधानमन्त्रीको तस्बिर कामुक महिला भन्दै अश्लील साइटमा पोष्ट भएपछि…

काठमाडौं । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीसहित चर्चित महिलाका तस्बिरलाई अश्लील ढंगले फोटोसप गरी कामुक महिला भनेर प्रस्तुत गरिएको घटनाले गम्भीर रुप लिएको छ ।

प्रधानमन्त्री मेलोनीले आफू र अन्य चर्चित महिलाका तस्बिरलाई अश्लील साइटमा फोटोसप गरेर राखिएको घटनाप्रति कडा आपत्ति जनाएकी छन्। उनले यस घटनालाई ‘घृणास्पद र आपराधिक प्रवृत्ति’ भन्दै निन्दा गरेकी हुन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार, सम्बन्धित साइटमा मेलोनीसहित अन्य उच्च–प्रोफाइल महिलाका अनुहार प्रयोग गरी अश्लील तस्बिर अपलोड गरिएको छ। यो घटनाले इटालीमा अनलाइन सुरक्षा, साइबर–अपराध र महिलाविरुद्ध बढ्दो डिजिटल हिंसाबारे फेरि चर्को बहस सुरु गरेको छ।

प्रधानमन्त्री मेलोनीले दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताउँदै कानुनी निकायलाई तत्काल कदम चाल्न आग्रह गरेकी छन्। इटाली सरकारका प्रवक्ताले यस विषयलाई ‘राष्ट्रिय मर्यादामाथिको हमला’ भन्दै यसलाई सामान्य अपराधका रूपमा नलिने चेतावनी दिएका छन्।

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको अनुहार प्रयोग गरी फोटोसप गरिएको अश्लील तस्बिर साइटमा राखिएको घटना सार्वजनिक भएको हालैमात्र हो । अन्य चर्चित महिलाहरुका तस्बिर पनि साइटमा दुरुपयोग गरिएको खुलासा मिडियाले गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *