काठमाडौं । नुवाकाेटकाे लिखु गाउँपालिका पन्तमाेड घर भएकी एक महिला छाेरासहित दाङबाट हराएकी छन् । दाङको घोराही नगरपालिका ४ गोग्लीस्थित माइतीघरमा केही दिनअघि आएकी २९ वर्षीया जमुना पन्त र उनका छोरा १२ बर्षीय सौगात पन्त हिजाे बिहानदेखि बेपत्ता बनेका हुन् ।
जमुनाका श्रीमान सुजन पन्तका अनुसार शुक्रबार बिहान ६ देखि ७ बजेको बीचमा आफ्नै रुम जाने भनेर जमुना छाेरासहित माइतीबाट हिँडेकी थिइन् । तर घरबाट हिँडेदेखि उनीहरूसँग सम्पर्क हुन नसकेकाे सुजनले बताए ।
जमुनाले माेबाइल पनि नबाेकी हिँडेकाले सुजन थप छट्पटिएका छन् । उनले श्रीमती र छोराकाे खाेजी गरिदिन जिल्ला प्रहरी कार्यालय दाङ, घोराहीमा निवेदन दिएकाे बताए।
सुजनका अनुसार हराउनुअघि श्रीमतीसँग उनकाे अन्तिम कुराकानी बिहीबार राति ११ बजे भएको थियो।
`हाम्रो सम्बन्धमा त्यस्तो कुनै मनमुटाब पनि थिएन’, उनले भने, ‘अचानक आफ्नै रुमतिर जान्छुँ भनेर हिडेकी रहिछन् ।’
जमुना छाेरा पढाउनका लागि दाङकाे घोराही १८ मा डेरा लिएर बस्दै आएकी छन् । श्रीमान सुजन भने नुवाकाेटमै बस्छन् ।
सुजनले श्रीमती र छोरालाई कसैले देखेमा सम्पर्क नम्बर ९८५१२४७३४९ मा फोन गरेर जानकारी गराइदिन अनुरोध गरेका छन्।

Leave a Reply