रोजगारीका लागि बेलायत गएका वडाध्यक्ष एक वर्षपछि फर्किए, सम्हाले जिम्मेवारी

दाङ । एक वर्षअघि वैदेशिक रोजगारीका सिलसिलामा बेलायत गएका राप्ती गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष चन्द्रबहादुर गुरूङ स्वदेश फर्किएका छन् ।

एमालेबाट निर्वाचित अध्यक्ष गुरुङ एक वर्षपछि फर्किएका हुन् । उनी २०८१ साल साउन २० गते बेलायत गएका थिए ।

‘म एक हप्ताअघि मात्रै घर आएको हुँ’, उनले भने, ‘वडाअध्यक्षको जिम्मेवारी सम्हालेको तीन दिनभयो ।’

कार्यपालिकालाई जानकारी गराएर आफू विदेश गएको उनले बताए । उनी वडा सदस्य चम्फा पुनलाई कार्यवहाक दिएर बेलायत गएका थिए । उनी वडाध्यक्ष जित्नु अघि सोही वडा कार्यालयमा कार्यालय सहयोगी थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *