काठमाडौं । प्यालेस्टाइनी प्राधिकरणका राष्ट्रपति महमूद अब्बास आगामी महिना आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नपाउने भएका छन् ।
विश्वका शक्ति राष्ट्रहरुले प्यालेस्टाइन स्वतन्त्र राज्यको पक्षमा बोल्ने तयारी गरिरहेका बेला अमेरिकाले अब्बाससहित ८० जना अन्य प्यालेस्टाइनी अधिकारीहरुको भिसा रद्द गरेको छ ।
अमेरिकी विदेश मन्त्री मार्को रुबियोले अब्बासमाथ शान्तिका लागि भइरहेका प्रयासलाई कमजोर पार्ने तथा एक काल्पनिक प्यालेस्टाइन राज्यको एकतर्फी माग गरेको आरोप लगाएका छन् ।
अमेरिकाले गरेको यो निर्णयको इजरायलले स्वागत गरेको छ । इजरायलले २ वर्षको बीचमा ६३ हजारभन्दा बढी प्यालेस्टाइनीको गाजामा हत्या गरिसकेको छ । मारिने अधिकांश बालबालिका छन् ।
अमेरिकाले राष्ट्रसंघ महासभामा आउने सबै देशका अधिकारीहरुको यात्रा सहज बनाउने गरेको थियो । तर यो निर्णयलाई संसारभर विश्यमका रुपमा लिइएको छ ।
फ्रान्स,अष्ट्रेलिया,क्यानडासहितका देशले प्यालेस्टाइन स्वतन्त्र राज्यको पक्षमा उभिएका बेला अमेरिकाले यो निर्णय गरेको छ । फ्रान्सले महासभामा सो प्रस्ताव नै लैजानेगरी अगुवाई गरिरहेको छ ।

Leave a Reply