काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षको उत्कृष्ट राष्ट्रिय खेल संघको उपाधि प्राप्त गरेको छ । खेल क्षेत्रको नियामक निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नो ६२ औं वार्षिकोत्सवका अवसरमा क्यानलाई सो पुरस्कार दिएको हो ।
आज आयोजित एक कार्यक्रममा क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले खेलकुदमन्त्री तेजुलाल चौधरीबाट अवार्ड ग्रहण गरे । सामाजिक सञ्जालमा पारसले राखपप्रति अभार प्रकट गरेका छन् । उनले क्रिकेट संघलाई गतिशील र प्रभावकारी बनाउँदै देशको उदाहरणीय संघ बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
आगामी दिनहरुमा समेत नेपाली क्रिकेटको निरन्तर विकास र विस्तारमा नेपाल क्रिकेट संघ अहोरात्र लागि परिरहने प्रतिवद्धता उनले व्यक्त गरेका छन् ।

Leave a Reply