६ महिनाअघि ओलीले बोलेको प्रमाण आफ्नो मोबाइलमा भएको भन्दै माधवले भने- विचरा विद्या भण्डारी ! (भिडिओ)

काठमाडौं । नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता खारेज भएकोबारे टिप्पणी गरेका छन् ।

सुरुमा आफैंले नेतृत्वका लागि अघि बढ्न भनेर पछाडि सदस्यता खारेज खारेजको नेपालले टिप्पणी गरे ।

शुक्रबार पार्टीको काठमाडौं क्षेत्र नम्बर ७ निर्वाचन क्षेत्रीय कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले नै सुरुमा पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको सदस्यता दिएको बताए ।

उनले भने, ‘तपाईंहरुलाई प्रमाण चाहिन्छ ? मसँग छ मोबाइलमा । छ महिना पहिले भाषण गरेको । कसले भाषण गरेको नामै नभनिहालौं । पुगिहाल्छ फेरि कानमा, त्यसो हुनाले यति मात्रै भनौं ।’

‘विद्याजी तपाईं अघि बढ्नुस् । अध्यक्ष बन्नुपर्छ भन्ने अहिले चाहिँ आँखै निकाल्दिने हो कि खुट्टा भाँच्दिने हो जसरी हेर्ने विचरा विद्या भण्डारीजीलाई ।’

 

 

Comments

2 responses to “६ महिनाअघि ओलीले बोलेको प्रमाण आफ्नो मोबाइलमा भएको भन्दै माधवले भने- विचरा विद्या भण्डारी ! (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    आफ्नो पार्टीको, आफ्नो विचारको, आफ्नो आन्दोलनको कुरा गर् न । पार्टीमा भैरहेको झलनाथलाई निस्किएर जा भन्छ । पार्टीमा हुँदै नभएको विद्यालाई विचरा भन्छ । यहि हो नेताको गुण ? आफ्नो काम गर्न पार्टी फुटाएकै होईन । एमाले र ओलिलाई कमजोर बनाउन विदेशीको निर्देशनमा पार्टी फुटाउने, आफ्नो हैसियत के भैसक्यो भनेर पत्यै नपाउनेले के बोल्नु ? तिमीले बोलेको सुन्दा हामीलाई लाज हुन थालिसक्यो ।

  2. Chhabi Lal Sharma Avatar
    Chhabi Lal Sharma

    विद्या देवी भण्डारी सम्बन्धि समाचारमा सार्वजनिक प्रसारण नहुन्जेल कसैसंग कुनै प्रमाण भएको बोल्न सकेका थिएनन् । अहिले सबैसंग प्रमाण रहेको अाफै फलाक्न थालेका छन् । नेपाली नेताहरूको नियत । मालिकको निर्देशन नभै कुनै कुरा नबोल्ने नियत भएकाहरू यस्तै हुदा रहेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *