काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई २० हजार धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।
साइबर अपराधको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व केन्द्रीय सदस्य समेत रहेका पाडेँलाई काठमाडौं जिल्ला अदालतले २० हजार धरौटीमा छोड्न आदेश दिएको हो ।
जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासले शुक्रबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
एक महिलालाई सामाजिक सञ्जालमार्फत गालीगलौच गरेको अभियोगमा उनीविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो । त्यसै उजुरीका आधारमा उनलाई नेपाल प्रहरीको साइबर व्यूरोले नियन्त्रणमा लिएको थियो ।

Leave a Reply