निजामती विधेयक : अवकाशको उमेर अवधिमा प्रतिनिधिसभाबाटै पारित व्यवस्था कायम

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा चालू आर्थिक वर्षमा निजामती कर्मचारी ५८ वर्ष उमेर अवधिमै अवकाश पाउने व्यवस्था गरिएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा दफाबार छलफलका रहेको संघीय निजामती सेवा विधेयकमा सेवा अवधि प्रतिनिधिसभाबाट पारित व्यवस्थालाई नै कायम गर्ने सहमति भएको छ।

प्रतिनिधि सभाले ऐन लागू भएको आर्थिक वर्षमा ५८ वर्ष उमेर पूरा हुने निजामती कर्मचारीले ५८ वर्ष उमेर पूरा भएपछि अवकाश पाउनेछन् । यस्तै ऐन लागू भएको दोस्रो आर्थिक वर्षमा ५८ वर्ष उमेर पूरा हुने निजामती कर्मचारीले ५९ वर्ष उमेर पूरा भएपछि अवकाश पाउनेछन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव गरेको विधेयकमा निजामती कर्मचारीले ६० वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउने व्यवस्था गरेको थियो । तर, ऐन लागू भएको आर्थिक वर्षभरी निजामती कर्मचारीले अनिवार्य अवकाश हुने उमेरको अधिकत हद ५८ वर्ष कायम रहने उल्लेख थियो ।

यस्तै, राजपत्रांकित विशिष्ट श्रेणी (सचिव) का निजामती कर्मचारीको हकमा भने उमेर वा सेवा अवधि जुन पहिले अवकाश हुने हो त्यसै आधारमा हुने उल्लेख थियो ।

Comments

One response to “निजामती विधेयक : अवकाशको उमेर अवधिमा प्रतिनिधिसभाबाटै पारित व्यवस्था कायम”

  1. ksp pyl Avatar
    ksp pyl

    नागरिकता विधेयकमा चुईक्क नबोल्ने साँसदहरू निजामति विधेयकमा नचाहिदो बखेडा झिक्दैछन् ।साँसदहरू कसैका गोटी बन्दैछन् । दुई महिनासम्म विधेयक रोकेर अहिले स्टण्टबाजि गर्दैछन् । यिनले दुई महिना नघाएर आफ्नै नाक काटन बेर छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *