रेशमलाई थारूवान संघर्ष समितिले भन्याे- माफी माग्नू, के भनेका थिए उनले ?

काठमाडौं । थरुहट थारूवान संघर्ष समितिले नाउपाका संरक्षक रेशम चौधरीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । चौधरीले नेपाल मगर संघका पूर्वअध्यक्ष स्व. गोरेबहादुर खपाङ्गी मगरको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आफूलाई थारू नेताहरूले झ्यालखाना पठाए भन्ने अभिव्यक्ति दिएका थिए ।

त्यो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संघर्ष समितिका अध्यक्ष प्रेमीलाल चौधरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सदियौँदेखिको उत्पीडन पीडाबाट थारुहरू मुक्ति खोज्दै आत्मसम्मान, पहिचान, न्याय, अधिकार एवं समग्र विकासका लागि राजनीतिक एवं गैरराजनीतिक थारू सङ्घ संस्था सङ्गठन नेता, अभियन्ता, अगुवाहरूलाई थरुहट थारुवान संयुक्त संघर्ष समितिमा गोलबद्ध गरी विभिन्न माग मुद्दाहरू बुलन्द रूपमा उठान गर्दै, निरन्तर सङ्घर्षको गर्दै आइरहेकै बेला टीकापुर थरुहट विद्रोहको सन्दर्भमा रेशमलाल चौधरीले सस्तो लोकप्रियताका लागि थारू नेताहरू माथि लगाइएको निराधार, कपोकल्पित, मिथ्या, भ्रामक एवं गलत आरोपको खण्डन सहित उनले दिएको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै, घोर भर्त्सना गर्दछौ ।’

सम्पूर्ण राजबन्दीहरूको निःशर्त रिहाइको लागि सशक्त आवाज उठाउने थारू नेताहरूमाथि निराधार मिथ्या गलत आरोप लगाएर चौधरीको राजनीतिक बेइमानी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रेशमलाई गैरजिम्मेवारी अभिव्यक्ति नदिन सचेत एवं सजग गराउँदै, गलत आरोप सच्याई अभिव्यक्ति तुरुन्त फिर्ता लिई सार्वजनिक रूपमै माफी माग्न माग गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *