नेपाल कमर्स क्याम्पसमा ११ दिने ‘नलेज यात्रा’ सुरु

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन, नेपाल कमर्स क्याम्पसको आयोजनामा ‘एपएसयुएनसीसी ११ दिने ज्ञान यात्रा – २०८२’ अन्तर्गत उद्यमशीलता र वित्तीय साक्षरता सम्बन्धी ३ दिने कार्यशालाको सुरु भएको छ ।

कार्यशालाको बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतको प्रमुख आथित्यतामा र अनेरास्ववियुका उपमहासचिव कमल जोशी र क्याम्पस प्रमुख जितेन्द्र उपाध्यायको को विशेष आथित्यतामा उद्घाटन समारोह सम्पन्न भएको हो । उद्घाटन समारोहमा अन्य विशिष्ट अतिथि तथा क्याम्पसका विद्यार्थी सहभागी भएका थिए ।

कार्यशालामा विज्ञका रूपमा राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रकाश श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका डीन प्रा।डा।महानन्द चालिसे, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रा.डा.राजकुमार भट्टराई सहभागी थिए । पहिलो दिनको कार्यशालामा प्रशिक्षकका रूपमा ‘आफ्नो व्यवसाय सुरु गर र सुधार गर’ (एसआईवाईबी)का प्रशिक्षक श्यामकाजी खत्री र डिजाइन थिंकिङ प्रशिक्षक भीमबहादुर साउद रहेका थिए ।

उक्त कार्यशालाको पहिलो दिन करिब ८ घण्टा लामो सत्र सफलता पूर्वक सम्पन्न भएको नेपाल कमर्स क्याम्पस स्ववियु सभापति विशाल रोकाहाले नेपाल प्रेससँग बताए । उनले कार्यशाला सञ्चालनमा सहयोग पुर्‍याउने सबै अतिथि, प्रशिक्षक, सहभागी र स्ववियु कार्यदललाई हार्दिक आभार व्यक्त गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *