कैलाली । कैलाली र डडेल्धुरामा छुट्टाछुट्टै दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ।
कैलालीको गोदावरी नगरपालिका–९, शेहरी झुलोंगे पुल नजिक खुटिया खोलामा डुबेर ४ जनाको मृत्यु भएको हो। धनगढीका १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १७ वर्षीय प्रतीक चौधरी को मृत्यु भएको इलाका प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।
सात जना पौडी खेल्न गएका मध्ये चार जना बेपत्ता भएका थिए। केही समयपछि उनीहरूको शव खोलामै फेला परेको थियो।
उता, आजै डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौडमा बिहीबार बिहान भएको जिप दुर्घटनामा पनि ४ जनाको ज्यान गएको छ।
उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जिप दुर्घटनामा परेर नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अन्य ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर बिष्टले जानकारी दिए ।

Leave a Reply