संसदको १५ दिने क्यालेण्डर- शिक्षा र निजामती विधेयक पारितको सम्भावित मिति तय (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभाको भदौ महिनाभरको क्यालेण्डर तय गरिएको छ । सभामुख र प्रमुख सचेतकसँग छलफलका क्रममा संसदको आगामी १५ दिनको क्यालेन्डर तय भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

शुक्रबार बस्ने संसद बैठकले भूमिसम्बन्धी विधेयक पारित गरेर राष्ट्रियसभामा पठाउने उनले बताए । भदौ १८ गते बस्ने बैठकले नागरिकतासम्बन्धी विधेयक पारित गर्ने र राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची तय भएको पनि बर्तौलाले सुनाए ।

निजामती विधेयक राष्ट्रियसभाबाट आएको खण्डमा भदौ १९ गते पारित गर्ने तयारी रहेको र २६ गते विद्यालय शिक्षा विधेयकलाई पारित गर्ने सम्भावित क्यालेन्डर तय भएको बर्तौलाको भनाइ छ ।

त्यस्तै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले शुक्रबारको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने र त्यसपछिका कार्यक्रमका बारेको कार्यतालिका तयार भएको बताए ।

भाद्र महिनामा १८, १९, २५, २६ र २७ गते प्रतिनिधिसभाको बैठक बस्ने तय भएको छ ।

Comments

2 responses to “संसदको १५ दिने क्यालेण्डर- शिक्षा र निजामती विधेयक पारितको सम्भावित मिति तय (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    माओवादीलाई र काँग्रेसकै गगन, विश्वप्रकाश र शेखर गुटलाई विधेयकहरू भटाभट पास होलान भन्ने ठूलो चिन्ता छ । त्यसैले ती कसरी भाँडने भनेर व्यस्त छन् । काँग्रेसको संस्थापन पक्ष र एमालेले मिलेर फटाफट निर्णय गरेर विधेयकहरू पास गरे मात्र हो । नत्र देशमा निराशा बाहेक केही रहने छैन ।

  2. ksp pyl Avatar
    ksp pyl

    देशलाई प्रभावकारी रूपमा सञ्चालन गर्न शिक्षा, निजामति, प्रहरी विधेयक महत्वपूर्ण छन् । तर केही व्यक्तिका स्वार्थमा अल्झेका छन् ।४५ -५० मै मान्छे रिटायर्ड भएर आधा जीवन पेन्सन नै खाएर बिताउने अवस्था छ । त्यसैले फटाफट विधेयक पास गरेर सबैलाई ६० वर्षसम्म काममा लगाएर देशलाई अगाडि बढाउनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *