फेरिए कैलाली प्रहरी प्रमुख, सिआईबीबाट एसपी नरेन्द्र चन्द खटिए

काठमाडौं । कैलाली कारागारमा भएको झडपमा फितलो सुरक्षा व्यवस्था गरेको भन्दै जिल्ला प्रहरीका एसपी बालनरसिंह राणा हेडक्वार्टर तानिए छन् ।

कैलालीमा नयाँ प्रहरी प्रमुखको जिम्मेवारी अर्का एसपी नरेन्द्र चन्दले पाएका छन् । उनी केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) मा कार्यरत छन् ।

कैलाली कारागारमा साउन २३ को राति कैदीबन्दीबीच झडप भएको थियो । त्यस क्रममा एक कैदीको मृत्यु भएको थियो ।

कमजोर सुरक्षा व्यवस्थाको आरोपमा यसअघि प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाल साउन २८ गते मन्त्रालय तानिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *