अन्तिम बलमा चौका रोक्न नसक्दा नेपाल साउथ अस्ट्रेलियासँग पराजित

काठमाडौं । अन्तिम बलमा चौका रोक्न नसक्दा नेपाल साउथ अस्ट्रेलियासँग पराजित भएको छ । अस्ट्रेलिया बिहीबार बिहान भएको पहिलो अभ्यास खेलमा नेपाल साउथ अस्ट्रेलियासँग ३ विकेटले पराजित भयो ।

नेपालले दिएको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले अन्तिम बलमा चौका प्रहार गर्दै पूरा गरेको हो । साउथ अस्ट्रेलियाको जितमा निक विन्टरले सर्वाधिक ३६ रन बनाए ।

बलिङमा नेपालका सोमपाल कामीले ३, नन्दन यादवले २ र कप्तान रोहित पौडेलले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ३२ रन बनाएका थिए ।

Comments

One response to “अन्तिम बलमा चौका रोक्न नसक्दा नेपाल साउथ अस्ट्रेलियासँग पराजित”

  1. Rajendra Avatar
    Rajendra

    नेपाली राष्ट्रिय क्रिकेट टिम र साउथ अष्ट्रेलियन टिम बिचकाे वार्म अप खेल पुरै हेरियाे । नेपालकाे व्याटिङ्ग खेल हेर्दा लाग्दथियाे नेपाली क्रिकेट टिम ODI खेलि रहेछन, त्यस्तै अष्ट्रेलियन खेलाडीहरु T20 खेलि रहेका छन । बलिङ्ग तर्फ विकेट लिन नसकेता पनि किफायती बलिङ्ग गरेका सन्दिप लामिछाने, 3 विकेट झार्न सफल साेमपाल कामी, 2 विकेट लिन सफल नन्दन यादव ( थाेरै ईकाेनमी बढेता पनि ) , आफैले बलिङ्ग गरेर टिमकाे साखलाई टिकाई राख्न सफल राेहित पाैडेल ( अन्तिम बलमा चाैका नपरेकाे भए जित निश्चित थियाे ) हरु खेलमा सफल देखिए भने सँधै क्रिजमा गएर ODI ब्याटिङ्ग गर्ने अन्य खेलाडीहरुलाई काेचिङ र अभ्यासकाे टड्काराे खाँचाे दिखियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *