पक्राउ पुर्जी जारी भएपछि अनुसन्धानमा सघाउन प्रहरीमा आफैं उपस्थित भए ऐन महर

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर साइबर अपराध सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि आफैं प्रहरीमा उपस्थित भएका छन् ।

प्रहरीलाई अनुसन्धानमा सघाउन महर आफैं प्रहरीमामा गएका हुन् । साइबर व्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले पक्राउ परेको पुष्टि गरे ।

पीडित रश्मिला धामीले हुलाकमार्फत जाहेरी पठाएको भन्दै अवस्थीले रीतपूर्वक अदालतमा पेश गरिएको बताए ।

पीडित धामी पक्राउ पूर्जी माग्दै साइबर व्युरो पुगेकी थिइन् । प्रहरीले दिन नमानेपछि फर्किएलगत्तै महर आफैं साइबर व्युरोमा उपस्थित भएका थिए ।

मुद्दा चल्ने, नचल्नेबारे अदालतको आदेश पर्खिरहेको प्रवक्ता अवस्थी बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *