दोलखा : मोटरसाइकल एकआपसमा ठोक्किँदा स्ववियू सभापतिसहित २ युवकको मृत्यु

चरिकोट । दोलखाको भीमेश्वर नगरपालिकामा मोटरसाइकल एक आपसमा ठोक्किँदा विद्यार्थी नेता शिरिषद बस्नेतसहित दुई युवकको मृत्यु भएको छ ।

भीमेश्वर नगरपालिका-६ रमिते डाँडास्थित सडकमा दुई वटा मोटरसाईकल आपसमा ठोक्किँदा भिमेश्वर र वैतेश्वरका युवकको मृत्यु भएको हो। मृत्यु हुनेमा भिमेश्वर नगरपालिका–५ माटीका २४ वर्षीय शिरिष बस्नेत र बैतेश्वर गाउँपालिका-३ चिलाउने खर्कका २५ वर्षीय सुजन दाहाल रहेको दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताए।

शिरिष गौरिशंकर बहुमुखी क्याम्पसका स्ववियु सभापति हुन् । अनेरास्ववियुबाट स्ववियु सभापतिमा निर्वाचित शिरिषका बुबा रामचन्द्र बस्नेत एमाले नेता तथा निवर्तमान वडाध्यक्ष हुन् ।

मृतक सुजन जिल्ला सदरमुकाम चरिकोटस्थित एक होटलमा सवारी चालकको रुपमा काम गर्दै आएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *