एडेओला ओवोकोनिरान पोखरा निन्जाजमा अनुबन्धित

काठमाडौं । वत्सालय एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि पोखरा निन्जाजले अमेरिकाको २५ वर्षीया अपोविट हिटर लाई अनुबन्धन गरेको छ। पोखराले ईडेओला ओवोकोनिरानलाई दोस्रो विदेशी खेलाडीको रूपमा घोषणा गरेको हो।

उनले अमेरिकाको यू-२१ राष्ट्रिय टोलीबाट खेलेकी थिइन्। साथै संयुक्त राज्य अमेरिका मा एनसिसिए टूर्नामेंट, एनसिसिए-एसिसि टुर्नामेन्ट, फिनल्याण्ड लिग कप, प्यूर्टोरिकन लिग र कप, स्पेनिस सुपरलिगा, स्पेनिस कप, रोमानियाली लिग, रोमानियाली सुपरकप र सिईभी कप खेलिसकेकी छन्।

उनलाई पोखरा नेन्जाज टिममा अनुबन्ध गर्न पाउँदा टिम धेरै उत्साहित रहेको र उनले खेल नियन्त्रण गरेर खेल्ने र टिमलाई जिताउन सक्नेमा मा टोली विश्वस्त रहेको छ।

एभरेष्ट महिला भलिबल लिगको हिस्सा हुन पाउँदा एडेओला ओवोकोनिरानले आफु निकै हर्षित भएको बताएकी छन्। पोखरा निन्जाजलाई एभरेष्ट महिला भलिबल लिगको उपाधि जिताउन अर्थपूर्ण योगदान पुऱ्याउने उनको लक्ष्य रहेको छ।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि) को दोस्रो संस्करण आगामी भद २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५-१३) पोखरामा हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *