काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले सञ्चालन गरेको बन्दी सहायता नेपाल (पीए नेपाल) लाई नेपाल बाल मन्दिरबाट लगिएका बालबालिकाको विवरण प्रहरीले मागेकोमा सम्बन्धित संस्थाले बालबालिका पढ्दै गरेको जानकारी गराएको छ ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले बन्दी सहायता विवरणलाई विवरण माग्दै सोमबार पत्राचार गरेकोमा मङ्गलवार उक्त संस्थाले जवाफ फर्काउँदै बालबालिका पढ्दै गरेको जानकारी गराएको हो ।
ब्युरोले लेखेको पत्रको जवाफ दिँदै मङ्गलवार उक्त संस्थाले बालबालिकाहरू अहिले पढिरहेको जानकारी गराएको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णप्रसाद पंगेनीले नेपाल प्रेसलाई जानकारी दिए ।
उनले भने, ‘उक्त संस्थाले अहिले बालबालिका कक्षा १२ र बिए पढ्दै गरेको भनेर हामीलाई पत्राचार गरेको छ । त्यसमा हामी थप अनुसन्धान गर्छौ । उहाँहरूले दिएको जवाफ अनुसार बालबालिका छन् कि छैनन् भनेर बुझ्छौ ।’
रानामगर तत्कालीन अध्यक्ष रहेको सिफलस्थित पीए नेपालको बालगृहबाट पाँच बालबालिका लगेर र उनीहरू नफर्केको घटना सञ्चारमाध्यममा सार्वजनिक भएपछि त्यसबारे नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान अघि बढाएको हो ।

Leave a Reply