माइतीघरबाट माधव नेपालको चेतावनी- सरकारको यस्तो लापरबाही स्वीकार्य छैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारको लापरबाही स्वीकार्य नहुने चेतावनी दिएका छन् । उखु किसानको आन्दोलनलाई समर्थन गर्न पुगेका अध्यक्ष नेपालले किसानहरूको जायज माग सम्बोधन गर्न माग गरे ।

उनले भने, ‘हामी तपाईँहरूको साथमा छौँ । सरकारको लापरबाही स्वीकार्य छैन । किसानले न्याय पाउनपर्छ । उखु किसानको कुरा मात्रै होइन, सिङ्गो देशको अर्थतन्त्र अगाडि बढाउन, रोजगारी बढाउन, युवाहरूको विदेश पलायन रोक्न देशमा उद्योग खोल्नुपर्छ ।’

उनले आफू प्रधानमन्त्री हुँदा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सुरू गरेको स्मरण गरे ।

उनले थपे, ‘चुरेको किनारमा पोखरी र ताल बनाएर पानी जम्मा गर्ने र तराईका जमिनमा पानीको सतहलाई माथि उठाउने र जमिनलाई सिँचाइयोग्य बनाउने, कृषिलाई आधुनिकीकरण गर्ने र उत्पादनलाई सरकारले किन्ने सुनिश्चित गर्नुपर्छ। ’

उनले अनावश्यक भवन बनाएर अर्बौँ खर्च गर्नुभन्दा किसानलाई अनुदान दिएर उत्पादन बढाउनुपर्ने बढाउनु लाग्नुपर्ने सुझाए ।

Comments

3 responses to “माइतीघरबाट माधव नेपालको चेतावनी- सरकारको यस्तो लापरबाही स्वीकार्य छैन”

  1. ksp pyl Avatar
    ksp pyl

    यी पलेटी कस्ने र भेला भएका सबै उखु पिडित एउटै होईनन् । वास्तविक उखु पिडितलाई दुख दिनेहरू हुन् । बिना ढेउवाके ।

  2. ksp pyl Avatar
    ksp pyl

    अनि अनुदान पनि यति ले उति ले भनेर हुन्छ ? उखु किसानले मात्र अनुदान पाउने ? अरू किसानले नपाउने ? जे कुरामा पनि जसले पनि अनुदान माग्दा सरकारले दिन सक्छ ? फेरि नेपालमा अनुदान भनेको बिचौलियाले खाने स्रोत बनेको छ । त्यसैले यी पलेटी कस्ने पनि बिचौलिया हुनसक्छन् । नेता पनि अनुदान बिचौलियाको हातमा परेपछि हिस्सा माग्न जान्छन् । अनुदान चाहिने क्षेत्रमा दिनुपर्छ तर एकदम निगरानी गरेर वास्तविक पक्षले पाउनेगरी । नत्र अनुदान, भत्ता, सित्तैमा दिने भनेर वाह वाह पाउने, देश चाहिँ भाडमा जाय । बैक कर्जा लिदा किसानलाई ५% सम्म अनुदान दियो सरकारले । अरबौं पैसा बाँड्यो । तर एउटा पनि वास्तविक किसानले पाएन । सबै प्लटिङ्वालाले खाईदिए । कृषिको विकासमा कहिं पनि योगदान भएन । फेरि विकास हुन अनुदान मात्र कारक हो र ? अन्य कयौं कुरा हुन्छ । जस्तै भारतबाट तल्लोस्तरको कृषिजन्य वस्तु चोरी गरेर दैनिक हजारौं क्विण्टल आउँछ । त्यसलाई कडाईकासाथ रोक्ने हो भने पनि कृषिमा योगदान पुग्छ । तराई क्षेत्रका अधिकाँश नेताले चोरीलाई कमाई खाने भाँडो बनाएका छन् । घरायसी प्रयोजन भनेर तस्करी भैरहेछ । रोक्न खोज्दा गाउँका गाउँ प्रहरी माथि आईलाग्छ । खोइ रोकेको ? गोली हानेर भए पनि रोक्नु पर्दैन ? खालि ऋणको पैसा बाँड्यो, देशलाई कंगाल बनायो । यी एउटा पनि किसान होईनन् । पलेटी कस्ने सबै बिचौलिया हुन् ।

  3. हलुवाकाका Avatar
    हलुवाकाका

    धिक्कार छ !
    माधब दाइ वावुराम काका नारान काजी ! लाज पनि लजाउनु पर्ने ! आफू सत्तामा नबसेका भए केही फरक पर्दैन थ्यो । आफ्नो पाला देखिको यो समस्या आज आएर के नाटक देखाउनु ! के हिजो चाही किसानले पाएका थिए पैसा? नत्र आज आएर ङिच्च दाँत देखाएर किन जानु पर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *