तीज : पशुपतिमा बिहानैदेखि दर्शनार्थीको भिड (तस्बिरहरु)

काठमाडौं । हरितालिका तीजको अवसरमा आज बिहानै देखि पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्न महिला श्रद्धालुहरूको भीड लागेको छ ।

यस पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्छन् । पशुपतिमा भेला भएका महिलाहरूले शिवजीको दर्शन गर्नुका साथै नाचगान गर्दै फोटो–भिडियो खिच्दै गरेका देखिन्छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *