दिलेन्द्र बडुलाई राज्य व्यवस्था समितिको सभापति बनाउने कांग्रेसको तयारी

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापतिमा दिलेन्द्रप्रसाद बडुलाई पठाउने नेपाली कांग्रेसले तयारी गरेको छ । यद्यपि निर्णय भने भइनसकेको कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेपाल प्रेससँग बताए ।

कांग्रेसका सांसद एवं समितिका एक सदस्यका अनुसार बडुलाई सभापति बनाउने गरी गृहकार्य सुरू भएको हो । बडु पूर्वमन्त्री समेत भइसकेका छन् ।

सभामुख देवराज घिमिरेले समिति सभापतिको निर्वाचनको मिति बुधबारलाई तय गरेका छ्न । नियमावलीको व्यवस्थाअनुसार सभापति रिक्त भएको १५ दिनभित्र सभापति चयन गरिसक्नुपर्ने व्यवस्था छ । गठबन्धनको दलको सहमति अनुसार समितिको सभापति नेपाली कांग्रेसले पाउने छ ।

संघीय निजामती सेवा विधेयक निर्माणका क्रममा कुलिङ अफ पिरियडको व्यवस्थामा छेडखानीमा छानबिन समितिले नैतिक जिम्मेवार ठहराएपछि रामहरि खतिवडाले साउन २८ मा राजीनामा दिएका थिए ।

Comments

One response to “दिलेन्द्र बडुलाई राज्य व्यवस्था समितिको सभापति बनाउने कांग्रेसको तयारी”

  1. Muskan raju Avatar
    Muskan raju

    Khema change gare paxi Ko apalabhi hunu parcha

Leave a Reply

Your email address will not be published. Required fields are marked *