तीजको दिन पशुपतिनाथका ४ वटै ढोका खुला, दर्शन र सुरक्षाका लागि यस्तो व्यवस्था

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजका अवसरमा पशुपति दर्शनका लागि चारै वटै ढोकाबाट व्यवस्था गरिनेलगायतका प्रबन्ध गरेको छ ।

कोषकाे आयोजनामा मनाइने तीज र उक्त दिनमा भक्तालुहरुले मन्दिरका दर्शन सम्बन्धमा ११ बुँदे चरणहरुबारे जानकारी गराएको छ ।

जसमा गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोकाबाट वाहिरी निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

त्यस्तै, मित्रपार्क–जयवागेश्वरी–पाचागणेश–भिमसेनस्थान–भूवनेश्वरी – शंकराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै वाहिरीने र शंकराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

त्यसैगरी, पिंगलास्थान – चारशिवालय पञ्चदेवल– बज्रघर – दक्षिण ढोकासम्मको लाईनलाई कोटिलिङ्गेश्वर मन्दिर छेउँको सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिण ढोका हुँदै वाहिरीने र पञ्चदेवल पूर्व अस्थायी रुपमा निर्माण गरिएको जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

र तिलगङ्गा – राम मन्दिर हुँदै वागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजीकको पुल तरेर श्रीपशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै वाहिरीने र आर्यघाट नजीकको पुलसँगैको अस्थायी जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने सक्ने कोषले जानकारी दिएको छ ।

त्यस्तै, दिर्शनका लागि बिहान ३ बजेदेखि जान सकिन्छ ।

त्यस्तै, सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यकताअनुुसार रक्षा मन्त्रालयको समन्वयमा नेपाली सेनाको समेत सहयोग गरिने कोषले जनाएको छ ।

त्यस्तै, सादा पोशाकमा समेत सुरक्षाकर्मीहरु खटाइने कोषको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *