दाङ । राजीनामा दिएर पद गुमाएका घोराही उपमहानगरपालिका वडा नम्वर ८ का तत्कालीन वडा अध्यक्ष जितेन्द्र शाहले पुनर्वहालीको माग गर्दै
उच्च अदालत तुलसीपुरमा रिट दर्ता गराएका छन् ।आफूलाई अन्यायपूर्वक पदबाट हटाएको भन्दै उनले रिट दर्ता गरेका हुन् ।
आफुलाई एक सफाइको मौका नदिएको र राजीनामा दिएको २ वर्षपछि मात्रै स्वीकृत गरेको रिट निवेदनमा उल्लेख गरेका छन् ।
कार्यपालिकाको पदमुक्त गर्ने निर्णय बदर गरी आफूलाई पुन: जिम्मेवारीमा फर्काउन शाहले माग गरेका छन् । उनले रिटमा घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा डिसीसहित कार्यपालिकालाई विपक्षी बनाएर बनाएका छन् ।
उनले आफूलाई एकपटक पनि सफाईको मौका नदिई अन्याय गरेर राजीनामा दिएको पनि दुई वर्षपछि स्वीकृत गरेको दावी गरेका छन् ।
कुनै कानुनी प्रकृया पूरा नगरी आफूलाई पदबाट हटाई कार्यबाहक अध्यक्ष तोक्ने काम भएकाले उक्त निर्णय बदर गरी आफूलाई पूर्ववत जिम्मेवारीमा फर्काउन माग गर्दै रिट दायर गरेको शाहले बताए ।
उनले अब आफूले एमालेको सदस्यता फेरि नलिने र सो पार्टीमा नफर्कने भन्दै बाँकी कार्यकाल पूरा गर्न अदालतले आफूलाई पुर्नबहाली गरिदिने विश्वास ब्यक्त गरेका छन् ।
जनताको मन जित्ने काम गर्दा गर्दै पदबाट हटाइएको दाबीसहितको रिटमा उनले गैरकानुनी ढङ्गबाट मनलाग्दी तरिकाले पदबाट हटाइएको दावी गरेका छन् । कानुनी लडाई आफूले जित्ने र बाँकी कार्यकाल जनताको मन जितेर काम गर्ने इच्छा रहेको उनको भनाइ छ ।शाहको पक्षमा अन्तरिम आदेश आएमा मेयर चौधरी नैतिक संकटमा पर्ने छन् ।
याे पनि पढ्नुहाेस् ।
स्थानीय तहको एउटा ‘केस स्टडी’- जब कार्यपालिका बैठकबाट लखेटिए वडाध्यक्ष

Leave a Reply