खुल्यो कान्तिपथमा यातायात

हेटौँडा । शुक्रवार साँझ ५ बजेदेखि पहिरोका कारण यातायात अवरुद्ध रहेको हेटौँडा–काठमाडौँ कान्तिराजपथ बिहान ११ः१५ बजेबाट सञ्चालनमा आएको छ ।

मकवानपुरको भीमफेदी वडा नम्बर ८ भर्याङडाँडास्थित सडक खण्डमा पहिरो खसेर यातायात अवरुद्ध भएको थियो ।

इलाका प्रहरी कार्यालय ठिंगनको प्रयासमा सडक विभागसँग पहल गरी पहिरो हटाएर बिहान ११ बजेपछि यातायात सञ्चालनमा ल्याइएको हो ।

शुक्रवार परेको वर्षापछि आएको पहिरोले हेटौँडाबाट काठमाडौँ जाने छोटा दूरीका तीनवटा मार्ग कान्तिराजपथ, सिस्नेरी सडक खण्ड र फाखेल खण्ड पहिरोले अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नु परेको थियो । हेटौँडाको कमलमत्ताको पहिरो हटाउने कार्य भने जारी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *