सत्तापक्षलाई रास्वपाको जवाफ- हाम्रो बहिस्कार संविधान विरोधी होइन, लोकतन्त्रभित्र असहमतिको शैली हो (भिडिओ)

काठमाडौं । रास्वपाले सरकारले आफूहरूको बहिस्कारलाई लोकतन्त्रविरोधी भनेर चित्रण गर्न खोजेको भन्दै आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद निशा डाँगीले संसद् बहिस्कार संविधान विरोधी अभ्यास नभएको बताइन्।

 

उनले भनिन्, ‘हाम्रो बहिस्कार लोकतन्त्रभित्रको असहमतिको औपचारिक शैली हो। जो विगतमा आज सत्तामा बसेकाहरूले पटक पटक प्रयोग गरेका छन्। हाम्रो आन्दोलन र बहिस्कार सरकारको खबरदारी गर्ने र जनताको आवाजलाई प्रतिनिधित्व गर्नको लागि हो। लोकतन्त्र भनेको सङ्ख्याको बलमा सरकार चलाउने नाम होइन। प्रतिपक्षको कुरा सुन्ने संस्कृति नै लोकतन्त्र हो भन्ने बिर्सनुहुँदैन।’

उनले सरकार जनताको आवाज सुन्न भन्दा पनि अपराधमा मुछिएकाहरूको बचाउनमा लागेको आरोप लगाइन्। दुई महिनादेखि आफूहरूले मानव बेचबिखनविरुद्ध आज उठाइराख्दा पनि परिणाम शून्य भएको बताइन्।

Comments

One response to “सत्तापक्षलाई रास्वपाको जवाफ- हाम्रो बहिस्कार संविधान विरोधी होइन, लोकतन्त्रभित्र असहमतिको शैली हो (भिडिओ)”

  1. ram bhattarai Avatar
    ram bhattarai

    सदनमा जाने,हाजिर गर्ने,अरुलाई सत्तो सराप गर्दै आफ्नो कुरा राख्ने अनि अरुले दिएको जवाफ सुन्नु पर्छ भनेर सदन बहिस्कारको नाममा टाप कस्ने ! राम्रै शैली छ है जागिर पचाउने शैली !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *