इतिहास र तथ्यका आधारमा सीमा समस्याको कूटनीति समाधान खोजिनुपर्छ : एमाले प्रचार प्रमुख

काठमाडौं । नेकपा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले लिपुलेकबारे भारत र चीनले गरेको सहमतिमा पार्टीको ध्यानाकर्षण भएको बताएका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै गौतमले नेपालको संविधान र आधिकारिक नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी अभिन्न अंग र भू-भाग रहेको तथ्यमा एमाले स्पष्ट रहेको बताए ।

उनले भने, ‘नेपाल-भारतबीच रही आएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको गहिराइ, मर्म र भावनाअनुसार ऐतिहासिक सन्धि सम्झौता तथा नक्सा र प्रमाणको आधारमा दुवै देशबीचको सीमा समस्या समाधान कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौं ।’

उनले सीमामा समस्याहरू रहेको र यसको समाधानका लागि दुवै देशको विशेष चासो रहनुपर्ने बताए ।

‘यसलाई बिथोलेर गिजोलेर समस्यामाथि समस्या थोपर्नु हुन्न । समस्या भएको कुरा दुवै देशले स्वीकारेका छन् । कूटनीतिकरूपमा समाधान हुनुपर्छ’, गौतमले थपे ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यी विषय पनि उठ्ने उनले सुनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *