काठमाडौं । नेपाली हिन्दू महिलाहरुको महान चाड हरितालिका तीज नजिकिँदै छ । हरितालिका तीजको अवसर पारेर महिलाहरुले सुनको गहना बनाउन जोड दिन्छन् । तर अहिले सुनको मूल्य आकाशिएर २ लाख हाराहारी पुगेको छ । सुनको मूल्य तोलाकै २ लाख पुग्न लागेकाले याे पटक तीज लक्षित सुनकाे व्यापार बढ्ने देखिँदैन ।
आज नेपाली बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९४ हजार ८०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार २९० मा खरिदबिक्री भइरहेको छ ।
बुधबार एक तोला सुन रु एक लाख ९३ हजार ५०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार २५५ मा क्रयविक्रय भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Leave a Reply