काठमाडौं । विश्वभर आलोचना भइरहेका बेला इजरायलले गाजा पट्टी कब्जा गर्ने घोषणाअनुरूप सैन्य कारबाही थालेको छ । यस क्रममा आज मात्रै इजरायली सेनाले कम्तीमा ८१ जना प्यालेस्टाइनी नागरिकको हत्या गरिसकेको अलजजिराले जनाएको छ ।
गाजा कब्जा गर्नका लागि इजरायलको रक्षा मन्त्रालयले सेनालाई अनुमति दिएको छ । हमासले युद्धविराममा सहमति जनाए पनि इजरायलले निर्दोष नागरिकको हत्या अभियान जारी राखेको छ ।
रोयटर्सका अनुसार हमासले इजरायलमाथि युद्धविराम सम्झौतामा अवरोध गरेर निर्दोष नागरिकमाथि बर्बर दमन जारी राखेको आरोप लगाएको छ ।
यसैबीच २२ महिना लामो युद्धमा युद्धविराम सुनिश्चित गर्न मध्यस्थकर्ताहरूले प्रयास गरिरहेको बेला इजरायलले गाजा कब्जा गर्न ६० हजार रिजर्भ सेना समेत मैदानमा लड्न बोलाएको छ ।
गाजाका सबैभन्दा घना जनसंख्या भएको क्षेत्रहरूमा अपरेशन सुरु गर्ने योजनालाई कार्यान्वयन गर्न सेनाले यसले ६० हजार रिजर्भ फोर्सलाई बोलाएको हो ।

Leave a Reply