एसिया कपका लागि भारतीय टी २० टीमको उपकप्तान बने शुवमन गिल

काठमाडौं । भारतीय क्रिकेट बोर्डले एसिया कपमा सहभागिता जनाउने टीमको घोषणा गरेको छ । सूर्यकुमार यादवको कप्तानीमा रहने टीममा टेस्ट टीमका कप्तान शुभमन गिल उपकप्तान बनाइएका छन् ।

१५ सदस्यीय भारतीय टीममा फास्ट बलर जसप्रित बुमराहलाई पनि समावेश गरिएको छ । टीमभित्र पावरहिटरहरुको कुनै कमि छैन । सूर्यकुमार आफैंमा विष्फोटक ब्याटर हुन् । यस्तै, अभिषेक शर्मा, हार्दिक पाण्ड्या, रिन्कु सिंह लगायत हिटरहरुको उपस्थितिले भारतीय टिमलाई खतरनाक बनाएको छ । भारतीय टीममा श्रेयस ऐयर र यशस्वी जैसवालले भने स्थान बनाउन सकेनन् ।

आगामी सेप्टेम्बर ९ देखि एसिया कप यूएईमा सुरु हुँदैछ ।

भारतीय टीम यस्तो छः

सुर्यकुमार यादव (कप्तान), शुवमन गिल (उपकप्तान), अभिषेक शर्मा, तिलक बर्मा, हार्दिक पाण्ड्या, शिभम् दुवे, अक्षर पटेल, जितेश शर्मा, जसप्रित बुमराह, वरुन चक्रवर्ति, अर्सदिप सिंह, कुलदीप यादव, सन्जु सामसोन, हर्षित राना र रिंकु सिंह ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *