एमाले सिन्धुपाल्चोकको पहिलो प्रतिनिधि परिषद् बैठक आजदेखि, ७४५ प्रतिनिधि सहभागी हुँदै

सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोकको प्रथम प्रतिनिधि परिषद् बैठक आज मेलम्चीमा सुरु हुँदै छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि परिषद् बैठकको उद्घाटन गर्नै कार्यक्रम रहेको छ ।

एमाले सिन्धुपाल्चोकको १० औं जिल्ला अधिवेशनपछि पहिलो पटक परिषद् बैठक हुन लागेको हो । बैठकमा जिल्लाभरका ७ सय ४५ बढी प्रतिनिधि र पर्यवेक्षकहरूको सहभागिता रहने एमाले सिन्धुपाल्चोकका सचिव कृष्णगोपाल तामाङले जानकारी दिए ।

मेलम्चीमा हुने प्रतिनिधि परिषद् बैठकमा एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेशका इन्चार्ज राजन भट्टराई लगायतका नेताहरूको सहभागिता रहनेछ ।

एमालेको विधान महाधिवेशनको सँघारमा सिन्धुपाल्चोकको प्रतिनिधि परिषद् बैठक हुन लागेको हो । एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्य नवीकरण नगर्ने निर्णयपछि हुन लागेको यो बैठकलाई महत्वका साथ हेरिएको छ ।

१० औं जिल्ला अधिवेशनपछि एमालेले सबै वडा अधिवेशन पालिकाको अधिवेशन सकेर अहिले प्रतिनिधि परिषद् बैठक हुन लागेको हो ।

१२ स्थानीय तहमध्ये बाह्रबिसे नगरपालिकाको मात्रै अधिवेशन हुन बाँकी रहेको एमालेले जनाएको छ । प्रतिनिधि परिषद् बैठक पछि एमाले सिन्धुपाल्चोकलाई एकताबद्ध बनाएर लैजाने गरेर एमाले सिन्धुपाल्चोकका उपाध्यक्ष अर्जुन भण्डारीले बताए ।

बैठकमा राजनीतिक एवं साङ्गठनिक प्रतिवेदन अध्यक्ष होमनारयण श्रेष्ठ , आर्थिक प्रतिवेदन अर्थ तथा वित्त कमिटीका प्रमुख आङदोर्जे शेर्पा र लेखा समितिका अध्यक्ष नेत्रप्रसाद पौडेलले लेखा समितिको प्रतिवेदन पेश गरेर सुझाव सहित पारित गर्ने बैठकको कार्य सूची रहेको उप सचिव सुशीला पाख्रिनले जानकारी दिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *