डेढ लाखको चाँदीसहित भारतीय चाँदीलाल पक्राउ

हेटौंडा । प्रहरीले भारतीय नागरिकबाट भारी मात्रामा चाँदी र चाँदीको गहना बरामद गरेको छ ।

आइतबार राति ९ः३० बजेतिर हेटौंडा–१०, बसपार्कबाट चाँदीसहित एकजना भारतीय पक्राउ परेका हुन् । भारत, मोतीहारीका ५२ वर्षीय चाँदीलाल साहको झोला खानतलासीक्रममा प्रहरीले भन्सार छलेर ल्याइएको चाँदी र चाँदीको गहना बरामद गरेको हो ।

सोमबारको हेटौँडाको बजार मूल्यअनुसार १ लाख ५८ हजार ३ सय ३२ रुपैयाँबराबरको चाँदी साहबाट बरामद भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *