काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सचिवालयले तयार पारेको विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा समितिको प्रतिवेदन समितिमा पेश गरेको छ ।
शिक्षा समितिका सचिव दशरथ धमालाले समितिको सोमबार बसेको बैठकमा पेश गरेको प्रतिवेदन समितिले सार्वजनिक गरेको हो ।
४२ पृष्ठको प्रतिवेदन सोमबारको बैठकमा समितिमा सदस्यलाई वितरणसमेत गरिएको छ ।
वितरण भएको समितिको प्रतिवेदन समितिका सदस्यले ५ गतेसम्म अध्ययन गर्ने र ५ गते बिहान ८ बजे बस्ने बैठकमा उक्त प्रतिवेदमाथी छलफल गरेर प्रतिवेदन पारित गर्ने तयारी गरिएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।

Leave a Reply