भण्डारी भन्छिन्- राजा र राष्ट्रपति उस्तै होइन (भिडिओ)

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति एउटा पद भएकाले पदावधि सकेपछि राजनीतिमा फर्कन मिल्ने बताएकी छन् ।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपति आवधिक हुने भएकाले अवधि सकिएपछि राजनीतिमा फर्कन मिल्ने बताएकी हुन् ।

गणतन्त्र र राजतन्त्रमा फरक-फरक संवैधानिक व्यवस्था हुने र राजा भनेको व्यक्ति भएको तर राष्ट्रपति भनेको पद भएकाले राजनीतिमा फर्कन कुनै बाधा नभएको उनको तर्क छ ।

एमालेसँग आफ्नो ४५ वर्ष लामो राजनीतिक यात्राको स्मरण गराउँदै उनले एमालेकै नीति-कार्यक्रमअनुसार अघि बढ्ने स्पष्ट पार्नुभयो । एमालेले आफूलाई स्वीकार नगरे पनि आफू एमाले नै भएको भण्डारीले बताइन् ।

‘मैले राष्ट्रपतिको पदावधि सक्किएपछि पार्टीको सदस्यता नवीकरण गरेको हो । अहिले एउटा संगठित सदस्यको हैसियतले काम गरिरहेको छु’, उनले भनिन् ।

पुर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किएपछि संविधानको औचित्य सकिएन ? भन्ने प्रश्नमा पूर्वराष्ट्रपति भण्डारीले यस्तो विषयमा संविधानविद्हरूले जवाफ दिने बताइन् ।

मुलुकमा धेरै वामपन्थी दलहरू रहेकाले वाम एकता हुने सम्भावना नदेखेको उनको भनाइ छ । एमालेले गरेको सदस्यता नवीकरण खारेजसम्बन्धी निर्णयबारे गरिएको प्रश्नमा भण्डारीले आफूलाई औपचारिक जानकारी नआएको बताएकी छन् ।

Comments

One response to “भण्डारी भन्छिन्- राजा र राष्ट्रपति उस्तै होइन (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    यिनलाई अझै दलमा लागेर वडा अध्यक्ष खाने हुटहुटी छ । पदको गरिमा नबुझेकालाई राष्ट्रपति बनाएछ एमालेले । यिनलाई पार्टीमा अगाडि बनाउन खोज्ने दुईथरी मान्छे छन् । एउटा एमालेलाई कमजोर बनाउन तल्लिन स्वदेशी र विदेशी दलालहरू । र अर्को यिनलाई पदमा ल्याउन पाए आफ्नो दुनु सोझ्याउन पाईन्छ भन्नेहरू । तिनलाई देश विकास, स्वाभिमान मतलव छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *