८८ प्रतिशत माइलस्टोन पूरा गर्दै गृह मन्त्रालय शीर्ष स्थानमा

काठमाडौं । सरकारले गत आर्थिक वर्षका लागि निर्धारण गरेका वार्षिक क्रियाकलाप र माइलस्टोनहरुको कार्य प्रगतिमा गृह मन्त्रालय पहिलो भएको छ ।

बितेको पाँच वर्षयताकै माइलस्टोन कार्यप्रगतिमा मन्त्रालय उत्कृष्ट देखिएको हो । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयले सार्वजनिक गरेको ‘नीति तथा प्रमुख कार्यहरुको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८१/०८२ अनुसार गत आवका लागि निर्धारण गरिएकामध्ये ८८ प्रतिशत माइलस्टोन सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।  हाल गृहमन्त्रालयको कमाण्ड कांग्रेस नेता रमेश लेखकले सम्हालेका छ्न् ।

मन्त्रालयले शासकीय सुधारतर्फ १०६ माइलस्टोनमध्ये ९३ वटा सम्पन्न हुनुका साथै १३ वटा चालू आर्थिक वर्षमा जारी रहेको बताएको छ ।

शासकीय सुधार क्षेत्रमा गृह मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ मा ८६.८ प्रतिशत, २०७८/०७९ मा ६४.५ प्रतिशत, २०७९/०८० मा ६९.१ प्रतिशत र अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ६८ प्रतिशत माइलस्टोन प्रगति गरेको थियो ।

दोस्रोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ८५ प्रतिशत सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षमा सम्पन्न माइलस्टोनको मन्त्रालयगत स्थिति हेर्दा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले ७८ प्रतिशत प्रगति गरेको छ ।

सरकारले माइलस्टोनको निकायगत प्रगतिमा शासकीय स्वरुप, पूर्वाधार क्षेत्र, आर्थिक र सामाजिक क्षेत्र गरी चार भागमा विभाजन गरेको थियो । नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको माइलस्टोनसहितको कार्ययोजना तय गरेको छ ।

गृहमन्त्री रमेश लेखकले पहिलो वर्ष मन्त्रालयको नीतिगत र कानूनी सुधार, व्यवस्था विरोधी गतिविधि निस्तेज, अपराध अनुसन्धान तथा फैसला कार्यान्वयन, प्रहरीमा सेवा प्रवाहका लागि डेस्क र महाशाखा गठन तथा लागूऔषध विरुद्ध महाअभियान सञ्चालन, विपद् व्यवस्थापन, भूकम्पपछिको पुनर्निर्माण, राजश्व चुहावट र सीमापार अपराध नियन्त्रण, सेवा प्रवाह र परिचयपत्र व्यवस्थापन, अध्यागमनको सुधारको पहल र निःशुल्क हेलि उद्धारलाई प्राथमिकतासाथ काम गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *