कार्यकर्तालाई राजेन्द्र लिङदेनकाे निर्देशन- राजनीतिलाई कमाइ खाने धन्दा नबनाउनू (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिलाई पैसा कमाउने माध्यम नबनाउन निर्देशन दिएका छन् ।

राप्रपा केन्द्रीय प्रशिक्षण विभागले आइतबार काठमाडौंमा आयोजना गरेको नारी नेतृत्व समृद्धि प्रशिक्षण कार्यक्रममा अध्यक्ष लिङदेनले राजनीति नितान्त सेवाको क्षेत्र भएकाले पैसा कमाउने माध्यम नबनाउन आग्रह गरेका हन् । उनले राजनीतिले खान लाउन नदिने भएकाले राजनीतिमा लागेका हरेक व्यक्तिहरुले कुनै न कुनै व्यवसाय गर्नैपर्ने उल्लेख गरे ।

लिङदेनले आफूले राजनीतिक जीवनमा कुनै बेइमानी नगरेको र कसैको एक रुपैयाँ पनि घुस नलिएको बताए ।

उनले नेपालका भएका स्रोत साधनको अधिकतम उपयोग गर्न सके कुनै पनि युवाहरु विदेशिन नपर्ने गरि स्वदेशमा परिचालन गर्न सकिने धारणा राखे ।

उनले पार्टीले लिएको उद्देश्यका एकजुट भएर लाग्न पार्टीको महिला संगठनलाई निर्देशन दिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *